logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:07 AM

  • नेपाल वायुसेवा निगमको महाप्रबन्धकका लागि १६ जनाले दिए आवेदन

    नेपाल वायुसेवा निगमको महाप्रबन्धकका लागि १६ जनाले दिए आवेदन

    सरकारले चार वर्षका लागि निगमको महाप्रबन्धक नियुक्त गर्न लागेको हो


    पर्यटन नेपाल

    शुक्रबार, १२ मंसिर २०८२


    काठमाडौँ ।नेपाल वायुसेवा निगमको महाप्रबन्धका लागि १६ जनाको आवेदन परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा महाप्रबन्धका लागि १६ जनाले आवेदन दिएका हुन् ।

    आवेदन दिनेमा पाइलट, इन्जिनियर, व्यवस्थापक लगायत रहेका छन् । सरकारले चार वर्षका लागि निगमको महाप्रबन्धक नियुक्त गर्न लागेको हो ।

    आवेदन बुझाउनेहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत एटीसी सन्तुष्टकुमार बस्नेत, सञ्जय कुमार पाइलट वेदप्रकाश उप्रेती, दिपुराज जुआर्चन, एरोनटिकल इन्जिनियर दीपकप्रसाद बास्तोला, अभिनव कार्की, भीमबहादुर चन्द, विष्णुबाबु मिश्र, चिरञ्जीवी उपाध्याय, उपेन्द्रबहादुर कार्की, प्रकाशचन्द्र अधिकारी, योगराज कँडेल, आशिष थापा, रधुनाथ बिडारी, टंकनिधि दाहाल र सुमन भट्टराईले आवेदन दिएका छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीले पर्यटन सचिवको नेतृत्वमा महाप्रबन्धक छनोट समिति गठन गरेपछि मन्त्रालयले कात्तिक २७ मा महाप्रबन्धकका लागि आवेदन दिन १५ दिनको सूचना जारी गरेको थियो ।

    हाल कामकाज चलाउनका प्रधानमन्त्री कार्कीले निगमको सञ्चालक समितिका उपाध्यक्ष विक्रम राईलाई सञ्चालक समितिको अध्यक्ष र सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकमा नियुक्ति गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend