logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:31 AM

  • एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

    एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु


    पर्यटन नेपाल

    सोमबार, १५ मंसिर २०८२


    काठमाडौँ । एनएमबि बैंकले नेपाल क्लियरिब हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ ।

    यो नयाँ सेवाले भौतिक र अनलाइन ई-कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्याउनेछ ।

    सो गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका Visa / Mastercard मार्फत ग्राहकहरूबाट भुक्तानी लिन सक्नेछन । यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्नेछ ।

    पेमेन्ट गेटवेमा 3 D Secure प्रविधि समावेश गरिएको छ, जसले कारोबारको प्रमाणीकरण (Verification) का लागि इत्ए वा पासवर्ड आवश्यक पर्दछ जसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउँदछ । यसरी कार्डबाट हुने कारोबारहरू धेरै सुरक्षित हुनेर अनाधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कम
    गर्दछ ।

    सुरक्षाको यो प्रतिबद्धताले उपभोक्ता र व्यवसायी दुवैलाई ठूलो विश्वासका साथ अनलाइन व्यापार गर्न सुनिश्चित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले यो सहकार्य ई-कमर्सलाई बढावा दिन र नेपालमा वित्तीय कारोबारको डिजिटलाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण हुने विश्वास लिएको छ ।

    सबैका लागि कार्ड भुक्तानीलाई अझ सजिलो र सुरक्षित बनाएर, यो साझेदारीले देशलाई डिजिटल अर्थतन्त्रको दिशामा एक कदम अगाडि बढाउने लक्ष्य लिएको
    छ ।

    आफ्ना ग्राहकहरूलाई यो सुरक्षित भुक्तानी विकल्प उपलब्ध गराउन चाहने अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा गेटवे जोड्नका लागि एनएमबि बैंकमा सम्पर्क गर्न सक्नेछन् ।

    एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend