logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   02:23 PM

  • एनएमबि ‘इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सेवा

    एनएमबि ‘इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सेवा


    पर्यटन नेपाल

    मंगलबार, १ पुष २०८२


    काठमाडौँ । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुबिधा सार्वजनिक गरेको छ ।

    यो सुबिधा मार्फत क्रेडिट कार्यधारकहरुले अब रु ५,००० भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (EMI) मा रुपान्तरण गर्न सक्ने छन् ।

    यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र POS स्लिप १० दिन भित्र eNMB एप वा वेवसाइट मार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्छन् ।

    न्युनतम सुल्क तथा ब्याजदर, अग्रिम भुुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुबिधा सहित ‘इन्स्टा बाइ’ मार्फत स्वास्थ्य परिक्षण, यात्रा वा जिवनशैली, चाडपर्व लगायतमा हुने खर्चहरु सहज रुपमा व्यवस्थापन गन
    सकिने छ ।

    एनएमबि बैकले देशभरका २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रवाह गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend