logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:53 AM

  • बन्दीपुर केवलकार र भारतको लेमन ट्री होटलबीच सम्झौता

    बन्दीपुर केवलकार र भारतको लेमन ट्री होटलबीच सम्झौता


    पर्यटन नेपाल

    बिहिबार, ३ पुष २०८२


    काठमाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित होटल शृङ्खला लेमन ट्री होटल्सबीच सम्झौता भएको छ ।

    काठमाडौँमा एक समारोहबीच केबलकार र होटलबीच होटल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापनको लागि सम्झौता भएको हो ।

    केबलकारको तर्फबाट इन्जिनियर विष्णु पन्थी र होटल्सको तर्फबाट मुख्य कार्यकारी अधिकृत विलास पवारले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    सम्झौतामा बन्दीपुरस्थित होटल अब लेमन ट्री होटल्स ब्राण्डको नेटवर्कको हिस्सा बनेर सञ्चालनमा आउने बताइएको छ । सम्झौतामा बन्दीपुरको होटल शीघ्र नै औपचारिक रूपमा लेमन ट्री होटल्सको ब्राण्ड नाम तथा मानकअनुरूप सञ्चालन सुरू हुने छ ।

    बन्दीपुर केबल कारका अध्यक्ष रामचन्द्र शर्मा, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडको तर्फबाट मुख्य कार्यकारी अधिकृत विलास पवार, आरकेडीका कार्यकारी समन्वय अधिकृत वसन्त शर्मा, बन्दीपुर केबल कारका सिइओ डा। रोमन मान श्रेष्ठ सो कार्यक्रममा सहभागी भएका थिए ।

    बन्दीपुरमा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा वृद्धि, स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना, सेवाको गुणस्तरमा वृद्धि तथा समग्र पर्यटन क्षेत्रको पूर्वाधारमा सुधार हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend