logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:12 AM

  • अदालतको आदेशपछि रिगल पक्राउ, ११ वर्ष, ११ महिना कैद भुक्तान गर्नुपर्ने

    अदालतको आदेशपछि रिगल पक्राउ, ११ वर्ष, ११ महिना कैद भुक्तान गर्नुपर्ने


    पर्यटन नेपाल

    बिहिबार, १६ कार्तिक २०८०


    काठमाडौँ । सर्वोच्च अदालतको आदेशसँगै योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् ।

    बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।

    जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको हो । सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो ।

    आदेश लगत्तै खोजी थालेको प्रहरीले रिगललाई पक्राउ गरेको हो । रिगल संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाएर ४ भदौमा छुटेका थिए ।

    सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उक्त रिटलाई सर्वोच्चले प्राथमिकताका साथ हेरेको थियो ।

    ०७२ असार २८ गते नेपालगन्जको धम्बोझी चोकनजिकै रिगलले चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए । सर्वोच्चले रिगलले ११ वर्ष, ११ महिना ५ दिन कैद भुक्तान गर्नुपर्ने देखिएको भन्दै त्यति कैद असुल्न पनि आदेश दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend