काठमाडौँ । सर्वोत्तम सिमेन्टले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताका लागि सेयर निस्कासन गर्ने भएको छ ।
कम्पनीको सेयरमा बिक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसा कायम गरिएको छ । कम्पनीको जारी पुँजी ४ अर्ब ६५ करोडको १२।९ प्रतिशतले हुने ६० करोड रुपैयाँ बराबरको ६
संस्थागत लगानीकर्ताले मंसिर १० गतेसम्म बुक बिल्डिङमार्फत आवेदन दिन सक्नेछन् ।
नेपाल स्टक एक्स्चेन्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा संस्थागत लगानीकर्तालाई बिक्री मूल्यको सीमाभित्र रही सेयर वितरण गरिनेछ । यसमा साधारण लगानी फिर्ता हुने अवधि ३ अर्ब ९ महिना तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना रहेको छ ।
कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल र एनआईएमबी एस क्यापिटल रहेका छन् ।