logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:53 AM

  • बालेन जनकपुर पुुग्दा समर्थकको भिडले फुट्यो विमानस्थलको ढोका

    बालेन जनकपुर पुुग्दा समर्थकको भिडले फुट्यो विमानस्थलको ढोका


    पर्यटन नेपाल

    आइतबार, ४ माघ २०८२


    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ट नेता बालेन शाह जनकपुर पुग्दा जनकपुर विमानस्थलको सिसाको ढोका फुटेको छ ।

    काठमाडौं महानगरपालिकाको मेयरबाट आज राजीनामा दिएपछि घण्टीघर पुगेर जनकपुर उडेका बालेन जनकपुर पुग्दा समर्थकहरूको ठूलो भिडले गर्दा विमानस्थलको ढोका फुटेको हो ।

    जनकपुर विमानस्थलमा रास्वपा सभापति रवि लामिछाने र बालेन लगायतका नेतालाई स्वागत गर्ने पुगेका कार्यकर्ताहरूको ठुलो भिड लाग्दा जनकपुर विमानस्थलको एउटा सिसाको ढोका नै फुटेको हो ।

    ठुलो भिडमा कार्यकर्ताहरु एकआसपमा धकेला धकेल हुँदा विमानस्थलको सिसाको ढोका नै फुटेको हो । ढोका फुटेपछि बालेन र रवि केहीबेर भित्रै रोकिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend