logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:09 PM

  • बुद्ध एयरको भ्यालेन्टाइन डे विशेष अफर, एकै टिकटमा दुई जनालाई एभरेष्ट एक्सपेरियन्स उडान

    बुद्ध एयरको भ्यालेन्टाइन डे विशेष अफर, एकै टिकटमा दुई जनालाई एभरेष्ट एक्सपेरियन्स उडान


    पर्यटन नेपाल

    मंगलबार, २० माघ २०८२


    काठमाडौँ । बुद्ध एयरले प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा विशेष अफर ल्याएकाे छ ।

    बुद्धले ‘एभरेष्ट एक्सपेरियन्स’ उडानमा एकै टिकटमा दुई जना उड्न मिल्ने विशेष अफर ल्याएको हो ।

    हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसलाई लक्षित गर्दै ल्याइएको यस अफरअन्तर्गत जोडीहरूले १४ हजार दुई सय ५६ रूपैयाँमा सगरमाथासहित विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न सक्नेछन् ।

    उडान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरू भई करिब एक घण्टाको हिमाली दृश्यावलोकनपछि पुनः काठमाडौँमै अवतरण हुनेछ ।

    उडानमा सहभागी प्रेमिल जोडीहरूलाई गुलाबको फूल, चकलेटलगायत विशेष उपहारसमेत प्रदान गरिने बुद्ध एयरले जनाएको छ । टिकट बुकिङ बुद्ध एयरको आधिकारिक वेबसाइट, मोबाइल एप तथा नजिकैको सेल्स काउन्टरमार्फत गर्न सकिनेछ ।

    विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि हिमालको काखमा अविस्मरणीय प्रेम क्षण सिर्जना गर्ने उद्देश्यले यो प्याकेज ल्याइएको कम्पनीको भनाइ छ ।

    सिट संख्या सीमित रहेकाे हुँदा इच्छुक यात्रुहरूलाई समयमै टिकट बुक गर्न बुद्धले अनुरोध समेतगरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend