logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:46 AM

  • नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट

    नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट


    पर्यटन नेपाल

    शुक्रबार, १७ कार्तिक २०८०


    काठमाडौँ । नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

    शुक्रवार काठमाडौँको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको हो ।

    यसअघि नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए ।

    त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend