logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:33 AM

  • काठमाडौँबाट सुर्खेत जाँदै गरेको बसमा आगलागी, यात्रुहरु सकुशल 

    काठमाडौँबाट सुर्खेत जाँदै गरेको बसमा आगलागी, यात्रुहरु सकुशल 


    पर्यटन नेपाल

    बिहिबार, २९ माघ २०८२


    काठमाडौँ । काठमाडौँबाट सुर्खेत जाँदै गरेको बसमा आगलागी भएकाे छ ।

    ना ७ ख ६०४८ नम्बरको बस  हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा हुँदै जान लागेकाे बस टिटिहिरियामा बिहीबार (आज) बिहान करिब ४ बजे तिर आगलागी हुँदा जलेर पुर्ण रुपमा नष्ट भएको हाे ।

    गुडिरहेको अवस्थामा बसको बायाँ चक्कामा अचानक आगाे लाग्न सुरु भएको थियो । त्यसपछि बसलाई सडक छेउमा राेकेर यात्रुहरुलाई ओरालिएकाे थियाे ।

    बसमा सवार ४४ जना यात्रु भने सकुशल रहेका छन् । बस जलेर पुर्णरुपमा नष्ट हुँदा यात्रुहरूको बसमा रहेका केही सामग्रीसमेत जलेर नष्ट भएका छन् ।

    स्थानीय, प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend