काठमाडौँ । मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द भएका छन् ।
अमेरिका-इसराइल र इरानबीच भइरहेको तनावका कारण विश्वभरिका उडानहरू प्रभावित भएसँगै नेपालका फ्लाइट पनि रद्द भएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार शनिबार मात्रै १८ वटा हवाइ उडान प्रभावित भएका छन् भने आज पनि करिब १४ वटा फ्लाइट रद्द हुने सम्भावना रहेको छ ।
फ्लाइट रद्द हुँदा करिब ३ हजार बढि यात्रुलाई असर परेको छ । नेपाल एयरलाइन्सको तीन वटा उडानहरू भर्ने गरेको छ ।
काठमाडौँ –दुबई, काठमाडौँ – माम, काठमाडौँ –दोहा उड्ने उडान रद्द भएका थिए । उक्त फ्लाइटमा ५०० यात्रु रहेका थिए ।
प्राधिकरणका अनुसार कतार एयरलाइन्सको चार वटा फ्लाइट रद्द हुँदा करिब ८०० यात्रु, फ्लाइ दुबईको पनि चार वटा उडान रद्द हुँदा करिब ६०० यात्रु, एयर अरबियाको शारजाह जाने दुई वटा फ्लाइटका करिब ३०० यात्रु, दमाम जाने हिमालय एयरलाइन्स ३ वटा फ्लाइटका करिब ५०० यात्रु र कुवेत जाने दुई वटा फ्लाइटमा ३०० यात्रु प्रभावित भएका छन् ।
शनिबार बेलुकी त्रिभुवन विमानस्थलमा यात्रुहरूको ठुलो भिड लागेको थियो । उडान रद्द भएपछि घण्टौँ विमानस्थलमा बसेका यात्रुुहरू घर फर्किएका छन् । खाडीका विभिन्न मुलुकहरू इरानइसराइल तनावको चपेटामा परेपछि त्यसको प्रभाव नेपालमा पनि परेको छ ।
खाडिका विमानस्थलहरु युद्दका काण प्रभावित हुँदा भने टर्किस एयरलाइन्सको फ्लाइट नियमित चलिरहेको प्राधिकरणले जनाएको छ ।
टर्किस एयरलाइन्सको जहाज प्रभावित हुन्छ भनेर उसले उत्तरतिरबाट रि–रूट गरेको छ । आज पनि सञ्चालन हुन्छ । यात्रुहरूले आफ्नो एयरलाइन्समा सम्पर्क प्राधिकरणले सुझाएको छ ।