logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:49 AM

  • बालेनले ल्याए इतिहासकै सर्वाधिक मत !

    बालेनले ल्याए इतिहासकै सर्वाधिक मत !


    पर्यटन नेपाल

    शनिबार, २३ फाल्गुन २०८२


    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सर्वाधिक मत ल्याएर सांसद निर्वाचित भएका छन् ।

    झापा–५ बाट निर्वाचन उठेका प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका शाहले ६८ हजार ३४८ मत ल्याएर विजयी भएका हुन् ।

    उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

    शाहले ६८ हजार ३४८ मत ल्याए भने ओलीले १८ हजार ७३४ मत ल्याए ।

    शाहले ल्याएको मत संसदीय निर्वाचनको इतिहासकै धेरै हो ।

    यसअघि २०७४ को निर्वाचनमा झापा–५ बाट नेकपा एमालेका अध्यक्ष ओलीले ५७ हजार १३९ मत ल्याएर निर्वाचित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend