logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:27 AM

  • प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत १ करोड सहयोग गर्ने बुद्ध एयरको प्रतिबद्धता

    प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत १ करोड सहयोग गर्ने बुद्ध एयरको प्रतिबद्धता


    पर्यटन नेपाल

    शनिबार, १८ कार्तिक २०८०


    काठमाडौँ । बुद्ध एयरले प्रधानमन्त्री देवी प्रकोप राहत कोषमार्फत एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।

    बुद्ध एयरले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएको हो । उद्धार तथा राहत सामग्री ढुवानी सहयोग गर्ने पनि एयरले प्रतिबद्धता जनाएको छ ।

    बुद्ध एयरले भनेको छ, ‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपदमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनै पर्छ । हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड सहयोग दिने निर्णय गरेका छौँ । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौँ ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend