logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:19 AM

  • अनुमति नलिई निषेधित क्षेत्रमा विदेशी पर्यटक पठाउने ट्रेकिङ एजेन्सी कारबाहीमा

    अनुमति नलिई निषेधित क्षेत्रमा विदेशी पर्यटक पठाउने ट्रेकिङ एजेन्सी कारबाहीमा


    पर्यटन नेपाल

    बिहिबार, २४ बैशाख २०८३


    काठमाडौं। अध्यागमन विभागले निषेधित क्षेत्रमा अनुमति नलिई विदेशी पर्यटक लैजाने ट्रेकिङ एजेन्सीमाथि कारबाही गरेको छ।
    विभागले निषेधित क्षेत्रमा अनुमतिविना दुई चिनियाँ पर्यटकलाई लैजाने स्नोई होइजन ट्रेक्स एन्ड एक्सिपिडिन कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो।

    विभागका अनुसार दुई जना चिनियाँ नागरिकलाई संखुवासभाको भोटखोला गाउँपालिका–४ अन्तर्गत मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा आवश्यक अनुमति बिना प्रवेश गराइएको थियो। जिल्ला प्रहरी कार्यालय, संखुवासभाले वैशाख २२ गते विभागलाई यसबारे जानकारी गराएको थियो।

    घटनापछि एजेन्सीले वैशाख २४ गते मात्रै पदयात्रा अनुमति माग्दै आवेदन दिएको र विभागले अनुमति पत्र जारी गरेको भए पनि पर्यटक निषेधित क्षेत्रमा प्रवेश गरिसकेपछि अनुमति लिने प्रक्रिया कानुनविपरीत भएको विभागको निष्कर्ष छ।

    अध्यागमन विभागले अध्यागमन ऐन, २०४९ अनुसार पहिलो पटकको कसुरमा एजेन्सीलाई जरिवाना गरिएको जनाएको छ। साथै, गलत सूचना दिएर अनुमति लिएको पुष्टि भएपछि उक्त अनुमति पत्रसमेत रद्द गरिएको विभागले उल्लेख गरेको छ।

    विभागले पर्यटकलाई निषेधित क्षेत्रमा लैजाने क्रममा संलग्न ट्रेकिङ गाइडमाथि समेत आवश्यक कारबाहीका लागि पर्यटन विभागमा पत्राचार गरिएको जनाएको छ।

    नेपाल सरकारले सुरक्षा तथा सीमा संवेदनशीलताका आधारमा माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, मनास्लु क्षेत्र, तामाबगर, किमाथांका, छेकम्पार लगायत १३ जिल्लाका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend