logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:12 AM

  • भिलेज टुरिजम मार्टः ग्रामीण पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

    भिलेज टुरिजम मार्टः ग्रामीण पर्यटन प्रवर्द्धनमा नयाँ आयाम


    पर्यटन नेपाल

    आइतबार, २७ बैशाख २०८३


    काठमाडौँ। नेपालको ग्रामीण भेगका मौलिक कला, संस्कृति र पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको सहकार्यमा भिलेज टुरिजम मार्ट सञ्चालन गर्दै आएको छ।

    पछिल्लो पटक १८ वैशाखमा मात्र तनहुँको बन्दीपुरमा भिलेज टुरिजम मार्ट भएको छ। यसअघि भृकुटीमण्डप र पोखरामा पनि मार्ट आयोजना भइकेको छ। आगामी वर्ष ‘गाउँ पर्यटन मार्ट’ गोरखामा आयोजना गरिने घोषणा गरिसकिएको छ।

    मार्टमा देशभरका विभिन्न पालिका तथा होमस्टे सञ्चालकहरूको उत्साहजनक हुने गर्छ। प्रदर्शनीमा स्थानीय हस्तकलाका सामग्री, कृषि उपज, परम्परागत भेषभूषा र अर्गानिक खाद्यान्नका स्टलहरू राखिएका हुन्छन्। गाउँको वास्तविक जनजीवन र आतिथ्यलाई सहरिया र अन्तर्राष्ट्रिय पर्यटकमाझ पुर्‍याउनु यसको मुख्य आकर्षण रहेको छ।

    मार्टको मुख्य उद्देश्य ओझेलमा परेका ग्रामीण पर्यटकीय गन्तव्यहरूको पहिचान गरी त्यहाँका स्थानीय बासिन्दाको आर्थिक स्तर उकास्नु रहेको पर्यटन बोर्डले जनाएको छ।

    पर्यटन विज्ञहरूका अनुसार यो मार्टले आन्तरिक पर्यटनलाई बलियो बनाउने मात्र नभई विदेशी पर्यटकहरूलाई पनि पदयात्रा र होमस्टेको नयाँ अनुभवका लागि आकर्षित गर्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend