logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:07 AM

  • भूकम्प प्रभावित जिल्लामा तत्काल ५/५ करोड पठाउने सरकारको निर्णय

    भूकम्प प्रभावित जिल्लामा तत्काल ५/५ करोड पठाउने सरकारको निर्णय


    पर्यटन नेपाल

    शनिबार, १८ कार्तिक २०८०


    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५र५ करोड तत्काल पठाउने निर्णय भएको बताएका छन् ।

    शनिवार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले सो निर्णय गरेको हो । सरकारले घाइतेहरूलाई शीघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको छ ।

    घाइतेलाई स्थानीय अस्पताल, सुर्खेत र नेपालगन्जमा उपचारका लागि पठाइएको छ । सुर्खेतलाई मूल बेस र सहायक बेस नेपालगन्जलाई बनाएर राहत वितरण कार्य एक द्वार प्रणालीमा अघि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend