logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:59 AM

  • महानगरको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको आकर्षण, ९ महिनामै १ लाख ७६ हजारले लिए सेवा

    महानगरको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको आकर्षण, ९ महिनामै १ लाख ७६ हजारले लिए सेवा


    पर्यटन नेपाल

    बिहिबार, ३१ बैशाख २०८३


    काठमाडौँ। काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य प्रवर्धन केन्द्रहरूमा सेवाग्राहीको चाप ह्वात्तै बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मात्रै १ लाख ७६ हजार २९१ जनाले महानगरका विभिन्न केन्द्रहरूबाट स्वास्थ्य सेवा लिएका छन्।

    महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार गत आर्थिक वर्षहरूको तुलनामा यो संख्या निकै उत्साहजनक छ। गत आवमा १ लाख ९४ हजार १९३ जनाले सेवा लिएका थिए। तर, यो वर्ष चैतसम्म १ लाख ७६ हजार २९१ जनाले सेवा लिएका छन्।

    यस वर्षको अन्त्यसम्ममा करिब २ लाख ४० हजार सेवाग्राहीले सेवा लिने प्रक्षेपण महानगरले गरेको छ।

    बुधबार स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनको नतिजा प्रस्तुतिकरण कार्यक्रममा बोल्दै महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि बहुआयामिक सेवाको सन्तुलन कायम गर्न निर्देशन दिइन्।

    स्वास्थ्य विभागका प्रमुख दिपककुमार के।सी।का अनुसार महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिँदै कुल बजेटको ३.९ प्रतिशत (९७ करोड ९९ लाख ८२ हजार) विनियोजन गरेको छ। हाल १८७ वटा स्वास्थ्य कार्यक्रमहरू सञ्चालनमा छन्।

    जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार ३०८ वटा सूचकका आधारमा गरिएको मूल्याङ्कनमा महानगरका स्वास्थ्य संस्थाहरूको अवस्था सुधारोन्मुख देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend