logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:59 AM

  • कृषि बिकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमका लागि सहयोग प्रदान

    कृषि बिकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमका लागि सहयोग प्रदान


    पर्यटन नेपाल

    आइतबार, २१ असार २०८३


    काठमाडौँ । कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मिति २०८३ असार २० गते शनिबार दुईवटा छुट्टाछुट्टै सेवामूलक संस्थालाई सहयोग प्रदान गरेको छ ।

    जस अन्तर्गत तनहुँ जिल्ला देबघाट स्थित श्री कृष्ण प्रणामी मन्दिर कृपा घाममा शुद्ध पिउने पानीको लागि डिप बोरिङ्ग राख्ने कार्यका लागि र नवलपुर जिल्ला देबचुली-१६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई फिजियोथेरापी उपकरण यन्त्र उपलब्ध गराएको हो ।

    उक्त सहयोग बैंकका सञ्चालक संजिव पौडेलको रोहबरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्तान्तरण गरेका छन् ।

    कार्यक्रममा बागमती प्रदेश कार्यालय चितवनका निर्देशक राम प्रसाद गजुरेल, मार्केटिङ तथा सेल्स बिभागका वरिस्ठ शाखा प्रमुख ध्रुव पौडेल, रजहर शाखाका प्रबन्धक विशाल पौडेल, प्रदेश कार्यालय चितवनका वरिस्ठ शाखा प्रमुख सुजन ढकाल र सन्देश दुङ्गेल लगायत दुवै संस्थाका अध्यक्ष लगायतका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend