logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:28 AM

  • बोगटान फुड्सिल गाउँपालिकाले भूकम्प प्रभावितलाई दुई लाख सहयोग गर्ने घोषणा

    बोगटान फुड्सिल गाउँपालिकाले भूकम्प प्रभावितलाई दुई लाख सहयोग गर्ने घोषणा


    पर्यटन नेपाल

    शनिबार, १८ कार्तिक २०८०


    कार्तिक । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले भूकम्प प्रभावितलाई राहत स्वरूप दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

    बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले एक प्रेस विज्ञप्ति जारी गर्दै सहयोग बारे जानकारी दिएका हुन ।

    जाजरकोटको बारेकोट गाउँपालिका वडा न. १ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो मात्रमा जनधनको क्षति भएको घटना प्रति पालिकाले दुःख व्यक्त गरेको छ ।

    अध्यक्ष गडसिलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागी जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक/एक लाख गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छौँ । भूकम्पबाट प्रभावितहरूलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न भूकम्पमा परी पुरिएकाहरूको खोज उद्धार र घाइतेहरूको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न सवैसँग अपिल गर्दछौँ । ’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend