logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:59 AM

  • नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त

    नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त


    पर्यटन नेपाल

    मंगलबार, ३० असार २०८३


    काठमाडौँ । नेपाल पर्यटन बोर्डको बोर्ड सदस्य छनोट समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत निजी क्षेत्रबाट पाँच जना बोर्ड सदस्य नियुक्त गरेको छ ।

    नियुक्त हुने बोर्ड सदस्यहरूमा सन्तोष पोखरेल, श्रीजना के।सी, पेम्बा शेर्पा, खुमबहादुर सुवेदी तथा डा। शोभिता श्रेष्ठ ढकाल रहेका छन् । पर्यटन ऐन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार गठित बोर्ड सदस्य छनोट समितिले खुला आवेदन प्रक्रियामार्फत प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि उहाँहरूलाई बोर्ड सदस्यका रूपमा नियुक्त गरेको हो ।

    बोर्ड सदस्यका लागि गरिएको खुला आह्वानमा देशभरबाट करिब एक हजार एक सय ९१,१००० जनाको आवेदन परेको थियो । प्राप्त आवेदनहरूको योग्यता, व्यावसायिक अनुभव, पर्यटन क्षेत्रमा पुर्‍याएको योगदान, नेतृत्व क्षमता तथा समग्र दक्षताको आधारमा छनोट प्रक्रिया सम्पन्न गरिएको बोर्डले जनाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार निजी क्षेत्रको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्दै पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवर्द्धन, लगानी प्रवर्द्धन तथा सार्वजनिक–निजी साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले खुला, प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रियाबाट बोर्ड सदस्य चयन गरिएको हो ।

    नेपाल पर्यटन बोर्डले नवनियुक्त बोर्ड सदस्यहरूको अनुभव, विज्ञता र नेतृत्वले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तर्राष्ट्रिय प्रवर्द्धन, निजी क्षेत्रसँगको सहकार्य विस्तार तथा पर्यटन उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend