logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:21 AM

  • सरकारी समन्वयबिना निजी हेलिकप्टर नउडाउन निर्देशन

    सरकारी समन्वयबिना निजी हेलिकप्टर नउडाउन निर्देशन


    पर्यटन नेपाल

    बिहिबार, ११ भाद्र २०८३


    काठमाडौँ । रसुवाको भोटेकोशीमा सरकारी समन्वयमा मात्रै निजी हेलिकप्टर सञ्चालन गर्न पत्राचार गरिएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरहरुलाई सरकारी समन्वय गरेर मात्रै संचालन गर्न पत्राचार गरेको हो ।

    हेलिकप्टरहरु आफ्नै हिसाबले सञ्चालन गर्दा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढंगले कार्य अघि बढाउन भनेको छ ।

    सेनाको हेलिकप्टर उडाउनुपर्ने अवस्था आएमा समितिले सम्बन्धित जिल्लाको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्ने तथा निजी हेलिकप्टर आवश्यक परेको खण्डमा प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गरी तुरुन्त उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend