logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   10:32 AM

  • बुद्ध एयरद्धारा राहत सामग्रीमा हवाई ढुवानी निःशुल्क, महँगो टिकट बिक्री गरे कडा कदम चाल्ने कम्पनीको चेतावनी

    बुद्ध एयरद्धारा राहत सामग्रीमा हवाई ढुवानी निःशुल्क, महँगो टिकट बिक्री गरे कडा कदम चाल्ने कम्पनीको चेतावनी


    पर्यटन नेपाल

    शुक्रबार, १२ भाद्र २०८३


    काठमाडौँ । बुद्ध एयरले राहत सामग्रीको ढुवानी निःशुल्क गर्ने भएको छ ।

    बुद्ध एयरले सडक यातायात सहज नभएसम्म भाडादर साविककै कायम गरिएको जनाएको छ ।

    कम्पनीले भनेको छ, ‘वर्तमान विषम परिस्थितिमा जस्तोसुकै व्यावसायिक चुनौती आए पनि हामी सहज एवम् सुलभ (सस्तो) भाडादर उपलब्ध गराउन प्रतिबद्ध छौं । यदि कतैबाट अत्यधिक महँगो टिकट बिक्री भइरहेको जानकारी प्राप्त भएमा कृपया हामीलाई सूचित गरिदिनुहुन अनुरोध गर्दछौँ । त्यस्ता गतिविधिविरुद्ध हामी नियमानुसार आवश्यक तथा कडा कदम चाल्नेछौँ ।’

    गृह मन्त्रालयको निर्णय अनुसार राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि निःशुल्क व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

    साथै कम्पनीले वेबसाइट तथा मोबाइल एपबाट टिकट खरिद गर्दा थप ३०० छुट पाइने पनि बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend