logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:17 AM

  • ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा

    ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा


    पर्यटन नेपाल

    शनिबार, १३ भाद्र २०८३


    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ुग्लोबल स्मार्ट प्लसु मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सजिलै आर्थिक सहयोग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

    बैंकका अनुसार विपद्को बेला प्रत्येक योगदानको महत्त्व हुने भन्दै ग्राहकहरूले ग्लोबल स्मार्ट प्लस एपमार्फत केही क्लिकमै उक्त कोषमा प्रत्यक्ष रूपमा रकम जम्मा गर्न सक्ने बनाइएको हो । यस सुविधामा खाता छनोट, योगदानकर्ताको नाम र रकम उल्लेख गरी सरल तवरले सहयोग रकम पठाउन सकिने बैंकले जनाएको छ ।

    डिजिटल बैंकिङ केवल कारोबारमै सीमित नरही आवश्यक परेको बेला प्रभाव पार्ने माध्यम पनि बन्नुपर्ने बैंकको भनाइ छ । यसै सन्दर्भमा बैंकले प्रविधिमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ ।

    ग्लोबल आइएमई बैंक लिमिटेड नेपालको प्रमुख वाणिज्य बैंकहरूमध्ये एक हो, जसले देशभर फैलिएको शाखा सञ्जालमार्फत ग्राहकहरूलाई आधुनिक र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको प्रयोगमार्फत डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र पहुँचयोग्य बनाउँदै लगेको छ । ग्राहकमैत्री सेवा, प्रविधिमैत्री समाधान र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरूमार्फत बैंकले आफ्नो साझेदारी भूमिका निर्वाह गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend