काठमाडौँ । यती एयरलाइन्सले पनि विपद् प्रभावित क्षेत्रमा पठाइने राहत सामग्री निःशुल्क हवाई ढुवानी गर्ने भएको छ ।
निजी वायुसेवा कम्पनी यतिले भाद्र १० गते आएको विनाशकारी बाढी प्रभाबित क्षेत्रमा राहतका सामग्रीमा निशुल्क हवाइ ढुुवानी गर्ने भएको हो ।
यतिले यात्रुका लागि न्यूनतम भाडादरमा भने निरन्तरता दिने भएको छ ।
विपद्का बेला यातायात सेवा प्रभावित हुुँदा हवाई यात्रामा चाप बढेको अवस्थामा यात्रुमाथि पर्ने आर्थिक भार कम गर्न यतिले न्यूनतम भाडादर कायम गर्ने निर्णय गरेको जनाएको छ ।