logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   10:25 AM

  • कृषि विकास बैंकद्वारा बाढीपीडितका लागि सहयोग स्वरुप १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण

    कृषि विकास बैंकद्वारा बाढीपीडितका लागि सहयोग स्वरुप १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण


    पर्यटन नेपाल

    बुधबार, १७ भाद्र २०८३


    काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ ।

    विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले १० लाख रुपैयाँ बराबरको लगभग २०० पिडित परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, विष्कुट, चिउरा, दालमोठ, चाउचाउ, मस्यौरा, चना, भुजा, पिउने पानी लगायतका अत्यावस्यक खाद्य सामग्रीहरु सहयोग गरेको हो । यस अघि पनि कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरिसकेको जनाएको छ ।

    बैंकले सरकारको आधिकारिक राहत सङ्कलन केन्द्रमा पुगेर उक्त खाद्य सामग्री हस्तान्तरण गरेको हो । बैंकका तर्फबाट मार्केटिङ एण्ड सेल्स विभागका विभागीय प्रमुख श्री बीना शर्माले खाद्य सामग्री हस्तान्तरण गर्नुभएको थियो भने कार्यक्रममा बैंकका वरिष्ठ शाखा प्रमुख श्री महेश्वर मरहठ्ठा, वरिष्ठ शाखा अधिकृत श्री गीता नेपाल शर्मा, व्यवसाय अधिकृत श्री मणिराज ढुंगाना, कार्यालय सहायक श्री बबिता अर्याललगायतको उपस्थिति रहेको थियो ।

    देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ ।

    यसैबीच, विपद्को यस दुःखद घडीमा प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउन बैंकले देश तथा विदेशमा रहेका इच्छुक संघसंस्था तथा व्यक्तिहरूलाई सक्दो सहयोग उपलब्ध गराउन अपिलसमेत गरेको छ । बैंकले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा सहयोग गर्न बैंक खाता तथा क्यूआर कोडसमेत सार्वजनिक गरेको जनाएको छ ।

    बैंकले विपद्का समयमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी निकाय, संघसंस्था तथा आम नागरिकबीच सहकार्य र सहयोग आवश्यक रहेको बताउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend