logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   10:25 AM

  • पर्यटन बोर्डमा भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्ज्वलन

    पर्यटन बोर्डमा भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्ज्वलन


    पर्यटन नेपाल

    सोमबार, २२ भाद्र २०८३


    काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा बेपत्ता व्यक्तिहरूको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्ज्वलन गरिएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’को उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी, बोर्डका पदाधिकारीहरु, पर्यटक प्रहरीका अधिकारी तथा पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि र पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रममा सहभागीहरूले बाढीमा ज्यान गुमाएका सबैप्रति मौन धारण गर्दै श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए । साथै अझै बेपत्ता रहेका नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार र खोजी कार्य सफल होस् भन्ने कामनासहित दीप प्रज्ज्वलन गरिएको थियो ।

    गत २६ अगस्ट २०२६ मा नेपाल–चीन सीमा क्षेत्रबाट आएको विनाशकारी बाढीले रसुवाको भोटेकोशी नदी तथा त्यससँग जोडिएका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो । बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याउनुका साथै त्यस क्षेत्रमा आवतजावत गरिरहेका पर्यटक तथा यात्रुहरू समेत प्रभावित भएका थिए ।

    बाढीपछि पर्यटकको अवस्था पहिचान, उद्धार तथा परिवारसँग सम्पर्क कायम गराउने काममा पर्यटन क्षेत्रका सरकारी निकाय र निजी क्षेत्रले संयुक्त रूपमा काम गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend