logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   05:51 PM

  • हिमालय एयरलाइन्सले असोज १२ देखि काठमाडौँ-सांघाई उडान पुन: सुरू गर्दै

    हिमालय एयरलाइन्सले असोज १२ देखि काठमाडौँ-सांघाई उडान पुन: सुरू गर्दै


    पर्यटन नेपाल

    बिहिबार, ८ असोज २०८३


    काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँ-सांघाई-काठमाडौँ नियमित सिधा उडान पुनस् सुरू गर्ने भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच उडान सञ्चालन हुने भएको हो ।

    एयरलाइन्सले उडान असोज १२ गतेदेखि संचालन गर्ने भएको हो । सुरूमा उक्त गन्तव्यमा सातामा दुई उडान हुने एयरलाइन्सले जनाएको छ ।

    काठमाडौँ-सांघाई उडान प्रत्येक सोमबार र शुक्रबार तथा सांघाई-काठमाडौँ उडान मंगलबार र शनिबार हुनेछ ।

    काठमाडौँ-सांघाई उडान साँझ ६:२५ बजे प्रस्थान गरी भोलिपल्ट बिहान २ बजे सांघाई पुग्नेछ भने सांघाईबाट बिहान ३ बजे उडेको विमान बिहान ७:१० बजे काठमाडौँ आइपुग्नेछ ।

    काठमाडौँ-सांघाई-काठमाडौँ उडानका लागि टिकट हिमालय एयरलाइन्सका टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनर, कम्पनीको वेबसाइट तथा मोबाइल एपमार्फत बुक गर्न सकिने एयरलाइन्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend