logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   05:50 PM

  • हिमालय एअरलाइन्सले थाल्यो काठमाडौँ-हाङझाउ-काठमाडौँ उडान

    हिमालय एअरलाइन्सले थाल्यो काठमाडौँ-हाङझाउ-काठमाडौँ उडान


    पर्यटन नेपाल

    शुक्रबार, १६ असोज २०८३


    काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँ-हाङझाउ-काठमाडौँ रुटमा सिधा नियमित उडान सुरु गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलबीच सेप्टेम्बर ३०, २०२६ देखि एयरलाइन्सले
    नियमित उडान भर्न थालेको हो ।

    कम्पनीका अनुसार उद्घाटन उडान एच९-२२५ चीनको स्थानीय समयअनुसार अक्टोबर १ को बिहान १:०८ बजे हाङझाउ ५:३७ बजे काठमाडौँबाट हाङझाउका लागि उडेको थियो ।

    त्यसैगरी, हाङझाउ–काठमाडौँतर्फको एच९-२२६ उडान अक्टोबर १ मा चीनको स्थानीय समयअनुसार बिहान ३:१८ बजे उडेर नेपाल समयअनुसार बिहान ६:२८ बजे काठमाडौँ अवतरण गरेको थियो ।

    उक्त उडानमार्फत १५४ जना चिनियाँ पर्यटक नेपाल आएको एयरलाइन्सले जनाएको छ।

    काठमाडौँबाट हाङझाउका लागि प्रत्येक आइतबार र बुधबार उडान हुनेछ भने हाङझाउबाट काठमाडौँका लागि सोमबार र बिहीबार उडान सञ्चालन हुनेछ ।

    कम्पनीले दीर्घकालमा चीनका १० प्रमुख पर्यटन तथा आर्थिक केन्द्रसँग सिधा हवाई सेवा विस्तार गर्दै १० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend