logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   06:23 PM

  • कृषि विकास बैंक लिमिटेडका सम्पूर्ण सेवाहरू निरन्तर संचालनमा

    कृषि विकास बैंक लिमिटेडका सम्पूर्ण सेवाहरू निरन्तर संचालनमा


    पर्यटन नेपाल

    सोमबार, १० कार्तिक २०८३


    काठमाडौँ । कृषि विकास बैंक लिमिटेड (8 -ADBL)ले आफ्ना सम्पूर्ण बैंकिङ सेवाहरू निर्वाध रुपमा सञ्चालनमा रहेको जनाएको छ । बैंकको Website लगायतका Platform हरु PHP upgraded Version मै रहेकोले विश्वव्यापी रूपमा वेब प्रविधि (PHP2 Shell) मा देखिएको साइबर सुरक्षा जोखिम (Cyber Security Risk) ले कुनै असर नगरेको र तत्काल आवश्यक प्राविधिक जाँच गरी अविछिन्न रुपमा website  लगायतका Platform हरु संचालनमा रहिरहेको जानकारी गराएको छ ।

    विश्वव्यापी रूपमा वेब प्रविधि (PHP2 Shell) मा देखिएको साइबर सुरक्षा जोखिमलाई मध्येनजर गर्दै बैंकले केही अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरेको जानकारी गराएको थियो ।

    यसै विच, बैंकको अनलाइन एकाउन्ट ओपन (Online Account Open ) सेवा भने नयाँ संस्करण (Version upgrade) को प्रकृयामा रहेकाले अझ परिष्कृत रुपमा निकट भविष्यमै पुनः सञ्चालनमा ल्याइने बैंकले जनाएको छ । यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति ग्राहकहरूले देखाएको धैर्यता र सहयोगका लागि बैंकले धन्यवाद व्यक्त गरेको छ ।

    थप जानकारी वा सहायताका लागि बैंकको गुनासो सुनुवाइको मोबाइल नम्बर ९८५१३२८५६६ मा सम्पर्क गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend