logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:52 AM

  • विदेशी पर्यटकले पोखरामा भाइटिका लगाएर मनाए तिहार

    विदेशी पर्यटकले पोखरामा भाइटिका लगाएर मनाए तिहार


    पर्यटन नेपाल

    बुधबार, २९ कार्तिक २०८०


    काठमाडौँ । पोखरामा विदेशी पर्यटकहरूले तिहार मनाएका छन् ।  पर्यटकहरूले तिहारको अवसरमा पोखरामा भाइटिका लगाएर तिहार मनाएका हुन् ।

    होटेल सङ्घ पोखराले आयोजना गरेको भाइटिका महोत्सवमा विदेशीहरू पर्यटकहरूले सप्तरङ्गी टीका, सयपत्रीको माला र ढाका टोपी लगाएर तिहार मनाएका हुन् ।

    होटेल सङ्घले यो वर्ष १६ औँ संस्करणको भाइटिका महोत्सव गरेको छ । पछिल्ला वर्षहरूमा पर्यटकको सहभागिता समेत बढ्न थालेको छ ।

    विभिन्न १६ देशका ६८ पर्यटकले भाइटिका लगाएर तिहार मनाएका छन् । युके, अमेरिका, जर्मनी लगायत विभिन्न देशका पर्यटकहरू सहभागी थिए । पर्यटक प्रवर्द्धनसँगै संस्कृतिको विस्तार गर्न पनि महोत्सव गरिएको हो ।

    पोखराको रेन्वो चिल्ड्रेन होमका बालिकाहरूले टीका, माला र ढाका टोपी लगाइदिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend