काठमाडौँ । नेपाल वायुसेवा निगमले ‘उत्कृष्ट राष्ट्रिय ध्वजावाहक’ सम्मान पाएको छ ।
भारतमा ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्रान्डिङ तथा प्रचार-प्रसार गर्दै आएको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने एयरलाइन्सहरू मध्ये सन् २०२३ को लागि नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनौट गरेको हो ।
सन् २०२३ को नोभेम्बर १६ मा दिल्लीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको हो । सम्मान प्राप्त भएपछि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अझै जिम्मेवारीपूर्वक काम गर्न प्रेरणा मिलेको बताए ।
निगमले हाल अन्तर्राष्ट्रियतर्फ चार वटा जहाजबाट दिल्ली, मुम्बई, बैंगलोर, दुबई, दोहा, दमाम, बैंकक, हङकङ, मलेसिया, जापान लगायत दश गन्तव्यमा उडान गरिरहेको छ ।