logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:33 AM

  • धार्मिक पर्यटक भित्र्याउन मनकामनामा त्रिवेणी मेला

    धार्मिक पर्यटक भित्र्याउन मनकामनामा त्रिवेणी मेला


    पर्यटन नेपाल

    बुधबार, ६ मंसिर २०८०


    गोरखा । धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित गोरखाको सहिद लखन गाउँपालिका–३, मनकामनामा रहेको त्रिवेणी भगवतीको मन्दिर परिसरमा आज साँझदेखि त्रिवेणी मेला लाग्ने भएको छ । हरिबोधनी एकादशी (ठूलो एकादशी) पर्वको अवसरमा मन्दिर परिसरमा त्रिवेणी मेला आयोजना हुँदै आएको छ ।

    स्थानीय कालिका युवा क्लबको आयोजनामा आज साँझदेखि भोलि (बिहीबार) बिहानसम्म मेलाआयोजना गरिने क्लबका अध्यक्ष बाबु गुरुङले जानकारी दिए । स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको त्रिवेणी भगवतीको प्रचारप्रसारका लागि मेलाले सहयोग पुग्ने विश्वास लिइएको उनले बताए।

    मेलामा विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ थियो । मेलामा चर्चित लोकदोहोरी गायक पृथ्वी गुरुङ, श्याम राना, सुजन गुरुङ चर्चित लोक तथा दोहोरी गायिका निर्जला गुरुङलगायत अन्य स्थानीय कलाकारको साङ्गितिक प्रस्तुति रहने जनाइएको छ ।

    सोही अवसरमा भगवती मन्दिरमा विशेष पूजा गरी मेला समापन हुने बताइएको छ । उक्त मन्दिरमा हरेक वर्षको ठूलो एकादशीको अवसर पारेर भव्य मेला लाग्ने गर्दछ ।

    प्रसिद्व मनकामना देवीको सात दिदीबहिनीमध्ये त्रिवेणी भगवती कान्छी बहिनी रहेको जनविश्वास रहदै आएको छ ।त्रिवेणी भगवतीलाई जल अर्पण गरेपछि मात्र मनकामना देवीको पूजाको पूर्णता हुने धार्मिक विश्वास रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend