logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   10:42 PM

  • भूकम्प पीडितलाई टानको ५ लाख सहयोग

    भूकम्प पीडितलाई टानको ५ लाख सहयोग


    पर्यटन नेपाल

    बुधबार, १३ मंसिर २०८०


    काठमाडौँ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले भूकम्प पीडितका लागि पाँच लाख ५ हजार ५५५ रूपैयाँ हस्तान्तरण गरेको छ ।

    जाजरकोट र रूकुमका भूकम्प प्रभावितहरूका लागि टानले मंगलबार प्रधानमन्त्री राहत कोषमा ५ लाख ५ हजार ५५५ रूपैयाँ जम्मा गरेको हो ।

    टानका अध्यक्ष निलहरी बास्तोलाले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

    चेक हस्तान्तरणका अवसरमा टानका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend