काठमाडौँ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले भूकम्प पीडितका लागि पाँच लाख ५ हजार ५५५ रूपैयाँ हस्तान्तरण गरेको छ ।
जाजरकोट र रूकुमका भूकम्प प्रभावितहरूका लागि टानले मंगलबार प्रधानमन्त्री राहत कोषमा ५ लाख ५ हजार ५५५ रूपैयाँ जम्मा गरेको हो ।
टानका अध्यक्ष निलहरी बास्तोलाले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरणका अवसरमा टानका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।