logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • कैलालीमा चुरोट नदिएको निहुँमा कुटपिट गरी एक जनाको मृत्यु, १४ जना पक्राउ

    कैलालीमा चुरोट नदिएको निहुँमा कुटपिट गरी एक जनाको मृत्यु, १४ जना पक्राउ


    पर्यटन नेपाल

    बुधबार, १३ मंसिर २०८०


    कैलाली । कैलालीमा चुरोट नदिएको निहुँमा कुटपिट गरी मोहन अधिकारीको मृत्यु भएको छ । मङ्गलवार मध्यराति घोडाघोडी नगरपालिकाका २६ वर्षीय अधिकारीलाइ चुराेट नदिएकाे निहुँमा एक समुहले कुटपिट गरेकाे थियाे । उक्त समुहकाे कुटपिटबाट अधिकारीकाे मृत्यु भएकाे हाे ।

    उनीमािथ कुटपिट गर्ने १४ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । अधिकारी मङ्गलवार लम्कीचुहा नगरपालिका–९ स्थित डिल्ली कोइरालाको विवाहमा गएका थिए ।

    त्यहाँ एक व्यक्तिले उनीसँग चुरोट मागे । ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरु भएको थियो । त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले अधिकारीमाथि कुटपिट गरेका थिए ।

    कुटपिटबाट गम्भीर घाइते भएका मोहनको उपचारका क्रममा टीकापुर अस्पतालमा बुधबार (आज) बिहान ७:३५ बजे मृत्यु भएको हो ।

    पक्राउ पर्नेमा २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन के। सी, २५ वर्षीय रामलाल चौधरी, २४ वर्षीय विशाल कुमाल, २३ वर्षीय विवेक भुल, २२ वर्षीय विशाल भुल, २२ वर्षीय सन्तोष परियार, २४ वर्षीय गणेश भुल, १५ वर्षीय पिन्टु चौधरी, २२ वर्षीय दिल बहादुर चौधरी र २२ वर्षीय पुरन सार्की रहेका छन्।

    इलाका प्रहरी कार्यालय लम्कीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend