logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • पर्यटन बोर्ड, एसटीएलआरपी र हानको सहकार्यमा झापामा साना तथा मझौला होटल व्यवसायीलाई तालिम

    पर्यटन बोर्ड, एसटीएलआरपी र हानको सहकार्यमा झापामा साना तथा मझौला होटल व्यवसायीलाई तालिम


    पर्यटन नेपाल

    बिहिबार, १४ मंसिर २०८०


    काठमाडौँ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना तथा होटल संघ नेपाल कोशी प्रदेशको सहकार्यमा झापामा साना तथा मझौला होटल व्यवसायीका लागि तीन दिने होटल व्यवसाय सम्बन्धि तालिम सम्पन्न भएको छ ।

    पुर्व क्षेत्रका साना तथा मझैला होटलका ३० जना होटल व्यवसायीहरूको सहभागिता रहेको तालिममा वरिष्ठ प्रशिक्षक सूर्यकिरण श्रेष्ठले प्रशिक्षण दिएका थिए । तालिम समापनका अवसरमा बोल्दै होटल संघ नेपाल (हान) कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले तालिमले साना तथा मझौला होटल व्यवसायीहरुको क्षमता अभिवृमिा सहयोग पुग्ने बताए ।

    होटल व्यवसायमा आतिथ्यता महत्वपूर्ण विषय भएको बताउँदै तालिमपछि सञ्चालकहरुले आ आफ्ना होटलहरुमा आतिथ्यता सेवालाई थप सुधार गर्ने अपेक्षा गरिएको बताए ।

    नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा यो तालीम आयोजना गरिएको बताउँदै यसले साना तथा मझौला होटल व्यवसायीहरुको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको बताए । उनले नेपालको समग्र पर्यटनलाई चलायमान बनाउन साना तथा मझौला होटल व्यवसायीहरुको समेत ठूलो भूमिका रहेको बताउँदै यस क्षेत्रमा सहभागी जनशक्तिको क्षमता अभिवृद्धि गर्दै लैजानु पर्ने बताए ।

    होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठले यो तालीमबाट व्यवसायीहरुले धेरै कुरा सिकेको उल्लेख गर्दै तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न आग्रह गरे ।

    पर्यटन परियोजना (एसटीएलआरपी) का जिवीकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले पर्यटन क्षेत्रको विभिन्न क्षेत्रमा जनशक्ति उत्पादन तथा भएका जनशक्तिको क्षमता अभिवृद्धिमा काम गरिरहको सन्दर्भमा हानसँगको सहकार्यमा झापामा तालिम संचालन गरिएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend