logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका यात्रुसँग पर्यटन मन्त्री किराँतीले मागे माफी

    प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका यात्रुसँग पर्यटन मन्त्री किराँतीले मागे माफी


    पर्यटन नेपाल

    शुक्रबार, १५ मंसिर २०८०


    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले यात्रु छोडेको प्रति माफी मागेका छन् । नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधवार ३१ यात्रुलाई छोडेर उडेको थियो ।

    बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री किराँतीले उक्त यात्रु छोडेकोमा माफी मागेका हुन् ।  उनले २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडिएको र उनीहरूलाई सरकारले नै होटेलमा राखी गन्तव्यमा पुर्‍याएको बताए ।

    भिभिआइपी सवार हुने भएकाले परराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नु परेको उनले बताए ।

    उनले भने, ‘भर्खर नेपाल एयरलाइन्स चढेर सम्माननीय प्रधानमन्त्री दुबई जानुभएको छ । ३१ जना यात्रु छोडियो भनेर समाचार आएका छन् । आज धेरै छापिएको छ । मेरो पनि नाम छापिएको छ, ठिकै छ, मेरो बाउको नाम कहिल्यै छापिएन । २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडियो । हाम्रो जहाजको सेड्युल ११ बजेर ३० मिनेटमा थियो । तर भिभिआइपी सवार हुने भएकाले परराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै हामीलाई सार्न लगाएपछि बाध्य भयौँ । संसारमा जहाँ पनि सार्नुपर्छ । फोन हुनेलाई फोन र मेल हुनेलाई मेल पठायौँ । फोन नउठाउने र मेल नहेर्ने छुट्नुभएछ । उतैबाट टिकट काटेर आएकाहरू छुट्नुभयो । उहाँहरूसँग सम्बन्धित निकायले माफी पनि मागेको छ । मन्त्री भएकाले म पनि क्षमा माग्न चाहन्छु । नियमअनुसार नै उहाँहरूलाई होटेलमा राखेर आज बेलुकासम्ममा हामी गन्तव्यमा पठाउँछौँ ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend