logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:56 PM

  • नोभेम्बरमा १ लाख बढि पर्यटक भित्रिए नेपाल, कुन देशबाट कति पर्यटक आए ?

    नोभेम्बरमा १ लाख बढि पर्यटक भित्रिए नेपाल, कुन देशबाट कति पर्यटक आए ?


    पर्यटन नेपाल

    शुक्रबार, १५ मंसिर २०८०


    काठमाडौँ । सन् २०२३ नोभेम्बरसम्ममा १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

    अध्यागमन विभागको तथ्याङ्क अनुसार नोभेम्बर महिनामा १ लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

    अघिल्लो महिना अक्टोबरमा १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएर हालसम्मकै उच्च रेकर्ड राखेको थियो । योसँगै २०२३ को ११ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या ९ लाख १८ हजार ३०८ पुगेको छ । यद्यपि, यो हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या मात्र हो । ‘बाई बस’ स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरूको सङ्ख्या यसको तीन गुणा बढी रहेको पर्यटन बोर्डको अनुमान छ ।

    नेपाल सरकारले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ ।

    सन् २०२३-२०३३ लाई सरकारले भ्रमण दशकको रूपमा मनाउने घोषणा गरिसकेको छ । १० वर्षमा ३५ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य राखेर घोषणा गरिएको भ्रमण दशकको सन् २०२५ लाई विशेष भ्रमण वर्षको रूपमा मनाउने सरकारी तयारी छ ।

    कुन देशबाट कति पर्यटक भित्रिए नोभेम्बरमा ?

    नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो नोभेम्बर महिनामा कूल पर्यटक आगमन मध्ये २० प्रतिशत पर्यटक छिमेकी मुलुक भारतबाट आएका छन् । समीक्षा अवधिमा भारतबाट २४ हजार ४४३ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् ।

    यसै गरी दोस्रोमा संयुक्त राज्य अमेरिकाबाट ११ हजार ४६१ जना नेपाल आउँदै गर्दा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार ६०१ जना नेपाल आएका छन् ।

    यसैगरी बेलायतबाट ६ हजार १३८, अस्ट्रेलियाबाट ५ हजार ६०, थाइल्यान्डबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलङ्काबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना पर्यटक भित्रिएका छन् ।

    No description available.

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend