logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • नेवानिबाट त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ खोसियो

    नेवानिबाट त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ खोसियो


    पर्यटन नेपाल

    शुक्रबार, १५ मंसिर २०८०


    काठमाडौँ । नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ नपाउने भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्था मार्फत गराउने निर्णय गरेको हो ।

    यससँगै प्रतिस्पर्धामा छनोट हुन नसके नेपाल वायुसेवा निगम (नेवानि)को आम्दानीको लाइफलाइन मानिने यो सेवा बन्द हुनेछ । अहिलेसम्म विना प्रतिस्पर्धा उक्त एयरलाइन्सले यो सेवा लिइरहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend