logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • जहाज किन्न निगमले खुलाएको टेण्डरमा कुन-कुन कम्पनीले राखे प्रस्ताव ?

    जहाज किन्न निगमले खुलाएको टेण्डरमा कुन-कुन कम्पनीले राखे प्रस्ताव ?


    पर्यटन नेपाल

    बिहिबार, २१ मंसिर २०८०


    काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले तीन वटा जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा तीनवटै कम्पनीको आवेदन परेको छ ।

    निगमका प्रवक्ता रमेश पौडेलका अनुसार लेट ४१०, डोर्नियर र ट्विनअटर गरी तीन वटा जहाज उत्पादक कम्पनीको प्रस्ताव आएको हो ।

    निगमले गत कात्तिक ५ गते ४५ दिने सार्वजनिक सूचना जारी गर्दै तीन वटा जहाज खरिदको अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेको थियो ।

    उक्त समयावधिमा विभिन्न तीन वटा कम्पनीले टेन्डर हालेका हुन् । यससँगै अब निगमको जहाज खरिद प्रक्रिया थप अघि बढ्ने प्रवक्ता पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend