logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • ४ महिनामा सगरमाथा क्षेत्रमा पुगे २४ हजार बढि पर्यटक

    ४ महिनामा सगरमाथा क्षेत्रमा पुगे २४ हजार बढि पर्यटक


    पर्यटन नेपाल

    शनिबार, २३ मंसिर २०८०


    काठमाडौँ । चालु आर्थिक वर्षको ४ महिनामा सगरमाथा क्षेत्रको भ्रमणका लागि २४ हजार बढि पर्यटक खुम्बु क्षेत्र पुगेका छन् ।

    विश्वको सर्वोच्च शिखर सगरमाथा तथा सगरमाथा क्षेत्र अवलोकनका लागि विभिन्न देशका २४ हजार ३ सय ६७ जना पर्यटक खुम्बु क्षेत्र आएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

    चालु आर्थिक वर्षको साउनमा १५०, भदौमा ९८२, असोजमा ९ हजार ८ सय १०, कार्तिकमा १३ हजार २५ सय जनाले खुम्बुको भ्रमण गरेको निकुञ्जका सुचना अधिकारी मनोज मण्डलले जानकारी दिए । जसमा ३ हजार ५ जना नेपाली, सार्क राष्ट्रका २२ सय ७० जना र विदेशी १९ हजार ९२ जनाले भ्रमण गरेका छन ।

    ७५३ स्थानीय तह मध्ये पर्यटकीय गाउँपालिकाको रूपमा मानिने खुम्बुले सुरक्षित पर्यटकीय गन्तव्य, एकीकृत रूपमा पर्यटकको सुरक्षा नीति लगायतका व्यवस्थापकीय क्षेत्रलाई समेत थप सुधार गर्दै आउने वर्षहरूमा पर्यटक आगमनको सङ्ख्या दोब्बरले वृद्धि गर्ने लक्ष्य गाउँपालिकाले राखेको छ ।

    हिमालै हिमालको देश भनेर चिनिने नेपाल त्यसमाथि पनि खुम्बु गाउँपालिका भित्र मात्र अग्ला र होचा गरी पहिचान भएका ७८ वटा हिमाल रहेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा खुम्बु क्षेत्रको भ्रमणका लागी २६ हजार ४ सय ७४ जना पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    यसरी तथ्याङकलाई हेर्दा २०७८/०७९ मा भन्दा २०७९/८० मा ३१ हजार बढि पर्यटक खुम्बु पुगेका थिए भने चालु आर्थिक वर्षको ४ महिनामा पर्यटक आवागमन उत्साहजनक देखिएको छ ।

    कोरोना माहामारी सामान्य हुन तथा विश्वको अर्थतनत्र चलायमान भएकाले पनि पर्यटकको सख्या बढेको हुन सक्ने निकुञ्जले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend