logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:28 AM

  • लुक्ला उडेको तारा एयरको आपतकालीन ढोकाको सिसा कहाँ खस्यो ?

    लुक्ला उडेको तारा एयरको आपतकालीन ढोकाको सिसा कहाँ खस्यो ?


    पर्यटन नेपाल

    आइतबार, २४ मंसिर २०८०


    काठमाडौँ । काठमाडौँबाट लुक्ला जाँदै गरेको तारा एयरको आपतकालीन ढोकाको सिसा खसेको छ । उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो ।

    तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौँबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो ।

    जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौँबाट उड्ने क्रममा भने केही भएको थिएन । तर, जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन ।

    जहाजमा दुई जना प्यासेन्जर थिए । जहाज सकुसल अवतरण गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend