logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • बुद्ध एयरले सुरु गर्‍यो १७ औँ एटीआरको व्यावसायिक उडान

    बुद्ध एयरले सुरु गर्‍यो १७ औँ एटीआरको व्यावसायिक उडान


    पर्यटन नेपाल

    आइतबार, २४ मंसिर २०८०


    काठमाडौँ । बुद्ध एयरले १७ औँ एटीआर विमानको व्यावसायिक उडान सुरु गरेको छ । काठमाडौँ-तुम्लिङटार रुटमा आइतबार विमानले पहिलो व्यावसायिक उडान सुरु गरेको हो ।

    उक्त उडानमा ५९ यात्री सवार थिए । बुद्धले गएको अक्टोबर २७ मा नयाँ एटीआर विमान भित्र्याएको थियो ।

    विमान भित्र्याइएको करिब डेढ महिनापछि रङरोगन र आवश्यक सबै प्रक्रिया पूरा गरेर व्यावसायिक उडान सुरु गरिएको हो ।

    बुद्ध एयरले हाल १४ वटा एटीआर–७२ र तीन एटीआर–४२–३२० विमानमार्फत उडान भर्दै आएको छ ।

    बुद्धले आन्तरिकतर्फ दैनिक १५० भन्दा बढी उडान गरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वनारसमा उडान भरिरहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend