logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:02 AM

  • ३० लाख धरौटीमा ७ महिनापछि जेलबाट छुटे पूर्व गृहमन्त्री खाँण

    ३० लाख धरौटीमा ७ महिनापछि जेलबाट छुटे पूर्व गृहमन्त्री खाँण


    पर्यटन नेपाल

    शुक्रबार, २९ मंसिर २०८०


    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि जेलबाट छुटेका छन् ।

    शुक्रवार उच्च अदालत, पाटनले ३० लाख धरौटीमा खाँणलाई छाड्न आदेश दिएका हो ।

    खाँणले आइतबार जिल्ला अदालत, काठमाडौँमा ३० लाखको बैङ्क ग्यारेन्टी बुझाएका थिए । त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो । शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

    खाँणले बैङ्क ग्यारेन्टी राखेका छन् भने अख्तियारले पनि साधारण तारेखमा छाड्ने निर्णय गरेको हो । खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २७ मा पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend