logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • धुलिखेल जिपलाइनमा ‘विन्टर अफर’ सुरु, यस्तो छ शुल्क !

    धुलिखेल जिपलाइनमा ‘विन्टर अफर’ सुरु, यस्तो छ शुल्क !

    क्लासिक जिपलाइन २५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २ हजार रुपैयाँमा खेल्न सकिने छ ।


    पर्यटन नेपाल

    आइतबार, १ पुष २०८०


    काठमाडौँ । धुलिखेल जिपलाइनले ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । धुलिखेलमा ३ हजारमा फोटो, भिडियोसहित जिपलाइन नै खेल्न पाइने भएको हो । अफरअन्तर्गत सबै खाले जिपलाइन खेल्दा २० प्रतिशत छुट पाइनेछ ।

    क्लासिक जिपलाइन २५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २ हजार रुपैयाँमा खेल्न सकिने छ । सुपर म्यान ३५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २८ सय रुपैयाँमा खेल्न पाइन्छ । टेन्डम (जोडी) खेल्दा ४ हजार ५ सय रहेकोमा छुटपछि जम्मा ३६ सय रुपैयाँमा जिपलाइन खेल्न पाइने भएको छ । यो अफर डिसेम्बर २८ सम्म रहने छ ।

    क्लासिक जिपलाइन, उडेझैँ खेल्न मिल्ने सुपर म्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन वर्ल्ड-वाइड एडभेन्चर प्रा.लि.ले धुलिखेलमा सञ्चालनमा ल्याएको ४ वर्ष भएको छ । सुपर म्यान र टेण्डम जिपलाइन नेपालमै पहिलो पटक धुलिखेलमा सुरु गरिएको हो ।

    धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । जिपलाइन औसत ७५ किमी प्रति घण्टाको गतिमा हुत्तिन्छ ।

    करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी, जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

    सिन्धुपाल्चोकका केदार थापा र काठमाडौँका भुपेश श्रेष्ठले धुलिखेल जिपलाइन सुरु गरेका हुन् । काठमाडौँको बानेश्वरदेखि ३५ किलोमिटर दूरीमा रहेको धुलिखेल जिपलाइन पुग्न सार्वजनिक सवारी साधन सहजै पाइन्छ ।

    धुलिखेल बजारबाट पाँचखालतर्फ तीन किलोमिटर अगाडि थाक्लेमा जिपलाइनको टेकअफ स्टेसन छ । जिपलाइन गरिसकेपछि ल्याण्डिङ स्टेसनबाट टेकअफ स्टेसनसम्म कम्पनीकै गाडीले फिर्ता ल्याइदिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend