काठमाडौँ । नेपालकै सबै भन्दा लामो जिपलाइन सञ्चालनमा भएको छ । शुक्रबार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले भकतपुरको नगरकोटमा रहेको उक्त जिपलाइनको उद्घाटन गरेका हुन् ।
चाँगुनारायण नगरपालिका–६ र ७ मा फैलिएको २ हजार २५० मिटर लामो जिपलाइन आजदेखि संञ्चालनमा आएको छ । यसअघि पोखराको जिपलाइन नेपालकै सबैभन्दा लामो जिपलाइनका रूपमा स्थापित भएको थियो ।
नगरकोटमा केदार थापा, प्रेम बहादुर बस्नेत लगायतको समूहले उक्त जिपलाइन सञ्चालन गरेका हुन् । जिपलाइन बनाउन १५ करोड भन्दा बढी खर्च भएको छ ।
उद्घाटनमा पुगेका पर्यटनमन्त्री सुदन किरातीले नगरकोटमा जिपलाइन सञ्चालनमा आएसँगै यसले नेपालको पर्यटन प्रवर्द्धनमा थप योगदान गर्ने बताए । उद्घाटनपछि मन्त्री किरातीले पनि जिपलाइन खेलेका थिए ।