logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित बन्दीपुरमा कोसेली घर सञ्चालन

    स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित बन्दीपुरमा कोसेली घर सञ्चालन


    पर्यटन नेपाल

    सोमबार, २ पुष २०८०


    काठमाडौँ । बन्दीपुर गाउँपालिकामा कोसेली घर सञ्चालनमा आएको छ ।

    स्थानीय उत्पादन बिक्री गर्न गाउँपालिकाको सहयोगमा बन्दीपुर परिश्रमी युवा समूहले बन्दीपुर बजारमा कोसेली घर सञ्चालनमा ल्याएका हुन् ।

    कोसेली घरको सोमबार उद्घाटन गरिएको छ । उक्त उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर गाउँपालिका भित्र उत्पादन हुने वस्तुहरूको प्रयोगलाई प्रोत्साहित गर्नु पर्ने बताएका छन् ।

    त्यस्तै गाउँघरमा नै बनेका दैनिक प्रयोगमा आउने वस्तुहरूको बजारीकरण गरी उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले कोसेली घर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष पंचमायाँ गुरुङले बताइन ।

    कोसेली घरमा कृषकहरूले उत्पादन गरेका मस्यौरा, बेसार, मास, मकै मस्याङ, तरुल, अदुवा, पिँडालु, अचार, लगायतका खाद्य सामाग्री राखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend