logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:06 AM

  • निर्माणाधीन मन्त्री निवासभित्रको टहरामा आगलागी

    निर्माणाधीन मन्त्री निवासभित्रको टहरामा आगलागी


    पर्यटन नेपाल

    मंगलबार, ३ पुष २०८०


    काठमाडौँ । निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरू बस्ने गरेको टहरामा आगलागी भएको छ । ललितपुरको भैंसिपाटिस्थित निर्माणाधीन मन्त्री निवासमा आज बिहान खाना पकाउने क्रममा आगो लागेको हो ।

    आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ । करेन्ट सर्ट भएर आगलागी भएको हो । आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

    आगलागीबाट मजदुरहरूले प्रयोग गर्दै आएका सामान र रङ्गहरू जलेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend