logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:02 AM

  • १४४ प्रतिशतले नेपाल एयरलाइन्सको आम्दानीमा वृद्धि

    १४४ प्रतिशतले नेपाल एयरलाइन्सको आम्दानीमा वृद्धि


    पर्यटन नेपाल

    मंगलबार, ३ पुष २०८०


    काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आम्दानी वृद्धि भएको छ ।

    महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन अनुसार निगमको आम्दानी गत तिन वर्षमा दोब्बर भन्दा बढिले वृद्धि भएको हो ।

    निगमले विज्ञप्ति जारी गर्दै भनेकाे छ, ‘निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको र निगम बिस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि गर्दछ । हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढङ्गले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यस तर्फ आवश्यक कार्य योजना बनाई अगाडि बढ्ने कार्य भइरहेको छ ।’

    निगमको कुल आम्दानी आ.व २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५, ०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३, ०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रहेको निगमले जनाएको छ । निगमको आम्दानी ३ वर्षमा १४४ प्रतिशतले वृद्धि भएको छ ।

    विगत ८ वर्षदेखि निगमसँग आन्तरिक तर्फ २ वटा र अन्तर्राष्ट्रिय तर्फ ४ वटा जहाज रहेका छन् ।

    May be an image of text

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend