logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   10:58 PM

  • रूसी सेनामा कार्यरत एक नेपालीको मृत्यु, ४ जना बन्धक

    रूसी सेनामा कार्यरत एक नेपालीको मृत्यु, ४ जना बन्धक


    पर्यटन नेपाल

    बुधबार, ४ पुष २०८०


    काठमाडौँ । रूसी सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु भएको छ ।

    रूसी सेनामा कार्यरत कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुन स् अनुरोध गरिएको छ ।’

    युक्रेनमा बन्दी भएका ४ जना नेपालीलाई रिहाइ गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

    बर्दियाका विवेक खत्री, काभ्रेपलान्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन युक्रेनमा बन्धक छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend