काठमाडौँ । यूएईको सारजाह विमानस्थलबाट काठमाडौँ आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान ९:१० बजे जी ९५३६ उडान नम्बरको जहाज काठमाडौँ अवतरण गरेको थियो । उक्त जहाजको शौचालयमा नवजात शिशु फेला परेको विमानस्थलले पुष्टि गरेको हो ।
काठमाडौँ सारजहाबाट आएको भए पनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी छैन् । यो घटनापछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पुर्याएको छ ।